मोबाइलको अत्यधिक प्रयोगले स्वास्थ्यमा कस्तो असर देखिन्छ ? बच्न अपनाउनुस् यस्ता उपाए

मोबाइलको अत्यधिक प्रयोगले स्वास्थ्यमा कस्तो असर देखिन्छ ? बच्न अपनाउनुस् यस्ता उपाए

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । मोबाइल हाम्रो दैनिक जीवनको अभिन्न हिस्सा जस्तै बनिसकेको छ ।

सामान्य कामकाज, आर्थिक कारोबार र मनोरञ्जनदेखि सामाजिक सञ्जाल नियाल्ने काम हामी मोबाइलबिना कल्पनै गर्न सक्दैनौं । तर लामो समयसम्मको मोबाइलको प्रयोगले हाम्रो शरीरमा मात्र नभई मानसिक रुपमा पनि निकै प्रभावित हुन्छौं । मोबाईलको अत्यधिक प्रयोगले कस्ता–कस्ता स्वास्थ्य समस्याहरु देखा पर्छन त ?

आँखासँग सम्बन्धित समस्या: मोबाइल स्क्रिनको नीलो प्रकाश आँखाको लागि निकै हानिकारक हुन्छ । जसले गर्दा लामो समय मोबाइल प्रयोग गर्दा आँखा सुख्खा हुने, धमिलो देखिने र टाउको दुख्ने समस्या आउन सक्छ ।

मानसिक स्वास्थ्यमा असर: लगातार मोबाइल चलाउँदा तनाव र बेचैनी बढ्नुका साथैं सामाजिक सञ्जालको अत्यधिक प्रयोगले एक्लोपनको भावना पनि बढ्न सक्छ । यसका साथैं धेरै मोबाइल चलाउने बाँनीले अरु काममा मन नलाग्ने, कोहीसँग बोल्न वा सञ्चार गर्न हिचकिचाहट हुने जस्ता समस्या पनि निन्तिन सक्छ ।

शारीरिक समस्या: लामो समय एकै ठाउँमा बसेर मोबाइल प्रयोग गर्दा हात, घाँटी र ढाड दुख्ने समस्या पनि हुन सक्छ । टेक्स नेक सिन्ड्रम भन्ने समस्याले घाँटीमा असहजता ल्याउँछ । लामो समय मोबाइल हेर्दा आलस्य बढ्नुका साथैं मोटोपनको जोखिम पनि बढाउँछ ।

रेडिएसनको असर: अत्यधिक मोबाइलको प्रयोग गर्दा मोबाइलबाट निस्कने रेडिएसनले मस्तिष्कको कोशिकामा असर पु-याएको विभिन्न अध्ययनहरुले देखाएका छन् । यद्यपि, यसको ठोस प्रमाण भने अहिलेसम्म पाइएको छैन । तर लामो समयसम्म मोबाइल टाउको नजिकै राखेर प्रयोग गर्दा स्वास्थ्यमा विभिन्न खालका जटिल समस्या देखिन सक्छ । त्यसो भए कसरी यो समस्याबाट जोगिने त ? आउनुहोस चर्चा गरौं–

सर्वप्रथम मोबाइलको प्रयोगलाई निश्चित समयसम्म मात्र सीमित गर्नुहोस् । दैनिक समय तालिका बनाउनुहोस् जसको समयसिमा भित्र मात्र रहेर मोबाइलको प्रयोग गर्नुहोला ।

मोबाइलमा कहिल्य प्रयोग नहुने एपहरूको नोटिफिकेसन बन्द गर्नुहोस् ताकी बारम्बार फोन हेरिरहने बाँनी हटोस र ध्यान पनि भंग नहोस् ।

मोबाइलको स्क्रिनबाट निस्कने ब्लू लाइटले आँखामा तनाव पुर्याउँने भएकाले ब्लू लाइट फिल्टरको प्रयोग गर्दा यो समस्या कम हुन्छ ।

लामो समयसम्म मोबाइल चलाउँदा आँखामा थकान आउन सक्छ । त्यसैले आँखालाई पनि आराम दिनुहोस् । प्रत्येक २० मिनेटमा २० सेकेन्डको लागि २० फिट टाढाको केहि हेर्ने प्रयास गर्नुहोस् । यो नियमलाई २०–२०–२० नियम भनिन्छ ।

समय–समयमा फोनबाट ध्यान भट्काउनुहोस् । तपाईं मोबाइलबाटै काम गर्नुहुन्छ भने, केही समयका लागि त्यसबाट अलि टाढा जानुहोस् । हिँड्न जानु, किताब पढ्नु वा अरु कुनै सृजनात्मक गतिविधिमा संलग्न हुनुहोस् ।

मोबाइललाई लामो समयसम्म एउटै पोजिशनमा नसमात्नुहोस् । यस्तो गर्दा गर्दनको दुखाई बढ्न सक्छ ।

राति सुत्नु ३० मिनेट अघि मोबाइल प्रयोग नगर्नुहोस् । मोबाइल सुत्ने ठाउँभन्दा टाढा राखेर सुत्नुहोस् ।

Logo