माहेश्वरी महिला मञ्चद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

माहेश्वरी महिला मञ्चद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । माहेश्वरी महिला मञ्च विराटनगरले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ ।

महिला मञ्चकी अध्यक्ष ललिता जाजुको सभापतित्वमा आयोजित स्वास्थ्य शिविरको उद्घाटन कोशी प्रदेशका स्वास्थ्यमन्त्री भुपृेन्द्र राईले गरेका थिए। प्रदेश सासंद भीम पराजुलीलगायतको उपस्थितीमा मंगलबार कटहरी ४ श्री भगवती आधारभुत विद्यालयमा विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन भएको स्वास्थ्य शिविरमा सयौंले निःशुल्क स्वास्थ्य परीक्षण गराएका थिए।

शिविरमा विराटनगर नर्सिङ होमका महिला बालबालिका, मानसिक रोग विशेषज्ञ र अनुभवी चिकित्सकहरुद्वारा निःशुल्क जाँच तथा परामर्श सेवा दिइएको थियो । साथै निःशुल्क ब्लड प्रेसर, र सुगर, ईसिजी पनि गरिएको थियो । निःशुल्क औषधि वितरण पनि गरिएको छ ।

कार्यक्रममा माहेश्वरी समाजका अध्यक्ष घनश्याम काबरा, माहेश्वरी समाजका बजरंग कोहली, मञ्चकी सहसचिव अर्चना तापडिया, सल्लाहकार पुनम राठीलगायतको सहभागीता थियो । कार्यक्रम संयोजक प्रिति अटल थिइन्।

यसअघि माहेश्वरी महिला मञ्च विराटनगरले कोशी अञ्चल अस्पताललाई ‘पोस्ट मेटरनिटी किट’ वितरण गर्नुका साथै डस्विनहरु उपलब्ध गराएको थियो । आगामी दिनमा पनि आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता विभिन्न कार्यक्रम गर्ने मञ्जको योजना रहेको बताइएको छ ।

Logo