काठमाडौं महानगरद्वारा आजदेखि मोबाइल भ्यानबाट स्वाव संकलन सुरु

काठमाडौं महानगरद्वारा आजदेखि मोबाइल भ्यानबाट स्वाव संकलन सुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोना भाइरसको निःशुल्क पीसीआर परीक्षणका लागि काठमाडौं महानगरपालिकाले स्वाव संकलन सुरु गरेको छ ।

महानगरभित्र रहेका अशक्त, असहाय र जेष्ठ नागरिकहरुको पीसीआर परीक्षणका लागि मोबाइल भ्यानमार्फत स्वाव संकलन सुरु गरेको हो । चाहेर पनि स्वाव संकलन केन्द्रमा जान नसक्ने अशक्त, जेष्ठ नागरिकहरुको मोबाइल भ्यानमार्फत स्वाव संलकनको काम सुरु भएको महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताए ।

सरकारले घोषणा गरे अनुसार लक्षित समूहको निःशुल्क परीक्षण गर्ने उल्लेख गर्दै उनले परीक्षण आफैं गर्न सक्ने क्षमता भएकाहरुलाई शुल्क तिरेरै गर्न आग्रह गरे । कोरोना नियन्त्रणका लागि सरकारले आफ्नो तर्फबाट कडा मेहनत गरिरहे पनि समुदायस्तरबाट सहयोग नभए नियन्त्रणमा नआउने उनले बताए । उनले स्थानीय स्तरबाट नै कोरोना महामारीविरुद्ध लड्न सहयोग गर्नुपर्ने बताए ।

काठमाडौँ महानगरपालिकाले परीक्षणको दायरा फराकिलो बनाउने तयारीका साथ अघि बढेको भन्दै कन्ट्याक टे«सिङमा परेका र लक्षण देखिएकालाई मात्र पीसीआर टेष्ट गर्न मेयर शाक्यले आग्रह गरे । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले महानगरपालिकालाई परीक्षणका लागि एउटा मोबाइल भ्यान हस्तान्तरण गरेको छ । सोही मोबाइल भ्यानबाट स्वाव संकलन गरिने उनले बताए ।

Logo