समाज डेन्टल हस्पिटलको ११औँ शाखा गोल्फुटारमा

समाज डेन्टल हस्पिटलको ११औँ शाखा गोल्फुटारमा

केन्द्रबिन्दु
6
Shares

काठमाडाैं । समाज डेन्टल हस्पिटलको ११औँ शाखा काठमाडाैंकाे गोल्फुटारमा खुलेको छ ।

‘दन्त उपचारमा सबैको पहुँच हाम्रो प्रतिबद्धता’ भन्ने उद्देश्यका साथ २५ वर्षदेखि दन्त सेवा दिइरहेको समाज डेण्टल हस्पिटलको ११ औँ शाखाले आजदेखि गोल्फुटारमा आफ्नो सेवा सुरु गरेको हो ।

शनिबार आयाेजित एक विशेष कार्यक्रममा समाज डेन्टलले आफ्नो सेवा विस्तार गरेको हो । उद्घाटनका दिन सम्पूर्ण सेवाहरूमा ५० प्रतिशत छुट रहेको हस्पिटलका प्रबन्धक सविन घिमिरेले जानकारी दिए ।

प्रबन्धक घिमिरेले मुख स्वस्थ सम्बन्धि जनचेतना जागरण गर्न र उपचारमा सबैको पहुँच स्थापित गर्न सामन्य शुल्कमा आधुनिक उपकरणहरु प्रयोग गरि एउटै छानामुनी विशेषज्ञ चिकित्सक द्वारा गुणस्तरीय उपचार प्रदान गर्न उदेश्य सहित गोल्फुटारमा पनि आफ्नो सेवा विस्तार गर्न पाउँदा खुसी व्यक्त गरे ।

गोल्फुटारमा सेवा शुभारम्भ गर्दै समाज डेण्टल हस्पिटलका कार्यकारी निर्देशक शंकु घिमिरेले अब यस क्षेत्रमा पनि सुलभ शुल्कमा सबैले दन्त सेवा पाउने र यसरी सेवा विस्तार गर्न पाउँदा खुसी लागेको बताए ।

समाज डेण्टल हस्पिटलले विगत २५ वर्ष देखि दाँत तथा मुख सम्बन्धी सेवा दिइरहेको छ । हाल नयाँ बानेश्वर,जावलाखेल ललितपुर, राधेराधे भक्तपुर ,सनसिटि पेप्सिकोला, बसुन्धरा, बौद्ध जोरपाटी, सितापाईला, कौसल्टार, इमाडोल र बनेपा काभ्रेमा संचालित छ ।

Skip This
Skip This
Logo