काठमाडौं उपत्यकामा संक्रमितको संख्या १ लाख नाघ्यो, आज १ हजार १०७ जना थपिए

काठमाडौं उपत्यकामा संक्रमितको संख्या १ लाख नाघ्यो, आज १ हजार १०७ जना थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौं उपत्यकामा आज १ हजार १०७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौंमा ८६२, भक्तपुरमा ७१ र ललितपुरमा १७४ संक्रमित थपिएका छन् ।

यससँगै काठमाडौंमा अब ८१ हजार ५८८ जना कोरोना संक्रमित छन् । भक्तपुरमा ७ हजार ३३६ जना कोरोना संक्रमित छन् । ललितपुरमा ११ हजार ९४८ जना कोरोना संक्रमित छन् । अब उपत्यकामा कूल संक्रमितको संख्या १ लाख ८७२ पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९६५ जना पुगेको छ । आज १ हजार ९४५ जना नयाँ संक्रमित थपिएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २९८ पुगेको छ । आज मात्र २२ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट देशभर निको हुनेको संख्या १ लाख ९१ हजार २ पुगेको छ । आज निको हुनेको संख्या ५ हजार ३६४ छ ।

आजको पिसिआर परीक्षण १० हजार ३४० रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १६ लाख ४३ हजार ८९९ रहेको छ । आज २४ हजार ६६५ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

Skip This
Skip This
Logo