काठमाडौं । नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा रहेको ‘ए’ ग्रेड प्रयोगशाला अल्फा केयर डायग्नोस्टिक सेन्टरले निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
अल्फाबिटामै शनिबार बिहान ७ देखि १२ बजेसम्म सञ्चालित यस स्वास्थ्य शिविरमा स्थानीय समुदायका धेरै मानिसहरूको उत्साहजनक सहभागिता रहेको थियो । शिविरमा सहभागीहरूले, निःशुल्क डाक्टर चेक-अप निःशुल्क मधुमेह र बीएमआई परीक्षण, रक्त परीक्षणमा ५० प्रतिशत छुट, रेडियोलोजी र कार्डियोलोजी सेवाहरूमा २० प्रतिशत छुट सुविधा पाएका थिए ।

यसका साथै ३,५०० रुपैयाँ मूल्य पर्ने एक विशेष स्वास्थ्य प्याकेज (जसमा कोलेस्ट्रोल, युरिक एसिड, थाइराइड, कलेजो, मृगौला, रक्त गणना, क्याल्सियम लगायतका परीक्षणहरू) केवल ९९९ रुपैयाँमा उपलब्ध गराइएको थियो।
कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य मानिसहरूलाई नियमित स्वास्थ्य जाँचको महत्त्व बुझाउनु र निवारक स्वास्थ्य सेवालाई प्रवर्द्धन गर्नु रहेको अल्फा केयरले जनाएको छ । शिविरमा स्वास्थ्य जाँच गर्नुका साथै, धेरै स्वयंसेवकहरूले रक्तदान समेत गरेका थिए ।
स्वास्थ्य क्षेत्रमा छोटो समयमै सफल पहिचान बनाउने संस्था हो, अल्फा केयर एण्ड डाइग्नोस्टिक सेन्टर । नेपालमा कोरोना महामारी बढ्दै गएपछि पीसीआर परीक्षणका लागि ल्याब सेवाको आवश्यकता महसुस गरी स्थापना भएको यस डाइग्नोस्टिक सेन्टरले हाल ओपीडी, क्लिनिकल, ल्याबरोटरीलगायतका सेवा दिँदै आफ्नो सञ्जाल विस्तार गरिरहेको छ ।





























प्रतिक्रिया