तीन रोगसँग लडिरहेका छोरालाई बचाउन चैतेको हारगुहार

तीन रोगसँग लडिरहेका छोरालाई बचाउन चैतेको हारगुहार

केन्द्रबिन्दु
9
Shares

सिमकोट। सर्केगाड गाउँपालिका–१ तुम्चका १२ वर्षीय अनिल लावड यतिबेला तीनवटा रोगसँग लडिरहनुभएको छ । उनको एक सातादेखि बाँकेको नेपालञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ ।

आर्थिक अवस्था कमजोर भएका कारण उपचार गर्न सकस भएको अनिलका बुबा चैते लावडले बताए। उनले भने, “बिहान–बेलुका के खाने भन्ने चिन्ता छ । यस्तैमा छोरो अस्पतालको बेडमा लडिरहेको छ ।”

अनिलको आन्द्राको शल्यक्रिया गर्नुपर्ने भएको छ । यसका लागि रु सात लाख खर्च लाग्ने उनका बुबा चैतेले बताए। “मसित पैसा नहुँदा छोरा बचाउन मुश्किल भएको छ”, उनले भने ।

अनिल हेपाटाइटिस बी र कालाजारबाट समेत पीडित छन् । उनका बुबा चैतेले छोरा बचाइदिन सबैलाई हारगुहार गरिरहेका छन् । सिटिजन्स बैङ्कको खाता नम्बर ०६५०१००००१४६९०२७ तथा आफ्नो मोबाइल नम्बर ९७६९२४६३९७ फोन गरी सहयोग गर्न उनले सबैमा आग्रह समेत गरेका छन् ।

Logo