नेपालमा आज ५०२ जना संक्रमित थपिए

नेपालमा आज ५०२ जना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ । आज ५०२ जना नयाँ संक्रमित थपिएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २४७ पुगेको छ । आज मात्र १७ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट देशभर निको हुनेको संख्या १ लाख ७९ हजार २४२ पुगेको छ । आज निको हुनेको संख्या २ हजार ८७८ छ ।

आजको पिसिआर परीक्षण ३ हजार ११२ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १६ लाख १७ हजार २३ रहेको छ । आज ३० हजार ९८६ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

काठमाडौं उपत्यकामा आज ३३९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौंमा २८९, भक्तपुरमा १२ र ललितपुरमा ९२ संक्रमित थपिएका छन् ।

यससँगै काठमाडौंमा अब ७८ हजार ९३९ जना कोरोना संक्रमित छन् । भक्तपुरमा ७ हजार १४२ जना कोरोना संक्रमित छन् । ललितपुरमा ११ हजार ४७१ जना कोरोना संक्रमित छन् । अब उपत्यकामा कूल संक्रमितको संख्या ९७ हजार ४९८ पुगेको छ ।

Logo