काभ्रेमा आज २५ संक्रमित निको भए, १ जनाको मृत्यु

काभ्रेमा आज २५ संक्रमित निको भए, १ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काभ्रे ।

काभ्रेमा आज २५ जना कोरोना संक्रमित निको भएका छन् । जिल्लामा आज एक जनाको मृत्यु भएको छ । आज कोही पनि नयाँ संक्रमित थपिएनन् । शुक्रबार ३८ जना थपिएका थिए । विहिबार ४७ जना थपिएका थिए ।

अब जिल्लामा आजसम्मको तथ्यांक अनुसार कोरोना संक्रमितको जम्मा संख्या २ हजार २२९ पुगेको छ । संक्रमित मध्ये १ हजार ६८३ जना निको भएका छन् । जिल्लामा ४१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मध्ये १३ जना भने अन्य जिल्लाका रहेका छन् । काभ्रेका मात्र २८ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिएका छन् । उनले दिएको जानकारी अनुसार आज धुलिखेलका ७३ वर्षिय पुरुषको मृत्यु भएको छ ।

काठमाडौं उपत्यकामा आज ८०७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौंमा ६३२, भक्तपुरमा ४२ र ललितपुरमा १३३ संक्रमित थपिएका छन् ।

यससँगै काठमाडौंमा ७८ हजार २७७ जना कोरोना संक्रमित छन् । भक्तपुरमा ७ हजार ८६ जना कोरोना संक्रमित छन् । ललितपुरमा ११ हजार २९५ जना कोरोना संक्रमित छन् । अब उपत्यकामा कूल संक्रमितको संख्या ९६ हजार ६५८ पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ९ हजार ७७६ पुगेको छ । आज १ हजार ४७७ जना नयाँ संक्रमित थपिएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २२१ पुगेको छ । आज मात्र ६ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट देशभर निको हुनेको संख्या १ लाख ७३ हजार ४३० पुगेको छ । आज निको हुनेको संख्या २ हजार ७९८ छ ।

आजको पिसिआर परीक्षण ६ हजार ४७६ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १६ लाख ९ हजार ७९ रहेको छ । आज ३५ हजार १२५ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

Logo