काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले स्वास्थ्य सेवालाई सर्वसुलभ र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।

भक्तपुरको लोकन्थलीस्थित गैरनाफामूलक सान हस्पिटलको निरीक्षण गर्दै बानियाँले अस्पतालको किड्नी प्रत्यारोपण सेवा लगायत अन्य विभिन्न स्वास्थ्य सेवा तथा सुविधाहरू प्रभावकारी र सर्वसुलभ बनाउनुपर्ने उल्लेख गरे ।
भ्रमणका क्रममा अस्पतालको भौतिक संरचना, उपकरणहरू तथा सेवा प्रवाहको अवलोकन गर्दै किड्नीसम्बन्धी रोगीहरूका लागि डायलासिस सेवा महत्वपूर्ण रहेको बताउँदै उनले भने, “हामीले नगरे पनि सरोकारवालाले डायलासिस गरिदिन्छन् नि । तपाईंलाई जसरी पनि फाइदा भइहाल्छ नि । डायलासिस मेसिन दिएपछि तपाईंले सेवा लिनुनै सबैभन्दा ठूलो कुरा हो ।”
मुख्यमन्त्री बानियाँले अस्पतालले प्रदान गर्दै आएको किड्नी प्रत्यारोपण जस्ता विशेषज्ञ सेवा तथा अन्य स्वास्थ्य सुविधाहरूको प्रशंसा गर्दै प्रदेश सरकारबाट यस्ता निजी तथा गैरनाफामूलक स्वास्थ्य संस्थाहरूलाई आवश्यक सहयोग तथा समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले बिरामीहरूको पहुँचमा गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन स्थानीय तह, प्रदेश र संघीय सरकारबीचको सहकार्य आवश्यक रहेको बताएका छन् ।
सान हस्पिटलले भक्तपुर तथा आसपासका क्षेत्रका बासिन्दाहरूलाई किड्नीसम्बन्धी उपचार, डायलासिस तथा प्रत्यारोपण जस्ता सेवा प्रदान गर्दै आएको छ । मुख्यमन्त्रीको यो भ्रमणले प्रदेशमा स्वास्थ्य क्षेत्रको विकास तथा सेवा विस्तारमा थप ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ ।































प्रतिक्रिया