झापामा ‘अर्थोकोन–२०२६’ सम्मेलन सुरु

झापामा ‘अर्थोकोन–२०२६’ सम्मेलन सुरु

केन्द्रबिन्दु
12
Shares

बनियानी। झापामा हाडजोर्नी चिकित्सकहरूको बृहत् सम्मेलन ‘अर्थोकोन–२०२६’ आजदेखि सुरु भएको छ। नेपाल अर्थोपेडिक एसोसिएसनको ३१औँ वार्षिक सम्मेलनसँगै नेपाल, भारत, भूटान, बङ्गलादेशलगायत मुलुकका ५०० भन्दा बढी हाडजोर्नी चिकित्सक सहभागी छन्।

सम्मेलन आजदेखि फागुन ४ गतेसम्म सञ्चालन हुनेछ। कार्यक्रममा एक सयभन्दा बढी अन्तरराष्ट्रिय हाडजोर्नी चिकित्सक र नेपालका ४०० भन्दा बढी चिकित्सकको सहभागिता रहेको छ। ‘शिक्षा, नवप्रवर्तन र सहयोग’ मूल नाराका साथ आयोजना गरिएको सम्मेलनले स्वास्थ्य पर्यटन र स्थानीय अर्थतन्त्रमा समेत प्रभाव पार्ने अपेक्षा गरिएको छ।

सम्मेलनमा हाडजोर्नी क्षेत्रमा भइरहेका नयाँ प्रयोग, अनुसन्धान र सफलताबारे प्रस्तुति तथा छलफल भइरहेको छ। नयाँ र अनुभवी चिकित्सकबीच प्राविधिक सत्र, कार्यपत्र प्रस्तुति र वैज्ञानिक विमर्श आयोजना गरिएको छ।

कार्यक्रमअन्तर्गत ‘साइन्टिफिक कोर्स’ सञ्चालन गरिएको छ भने विभिन्न नवीन प्रविधि तथा उपकरणको प्रदर्शनी पनि राखिएको छ। नेपाली चिकित्सक तथा वैज्ञानिकले विकास गरेका तीनवटा प्रविधि÷उपकरणसमेत प्रदर्शनीमा समावेश छन्।

सम्मेलनमा अन्तरराष्ट्रिय ख्यातिप्राप्त चिकित्सकहरूको सहभागिता रहेको छ। विद्यार्थी तथा नयाँ चिकित्सकका लागि प्राविधिक ज्ञान आदानप्रदानको अवसर उपलब्ध भएको छ।

Logo