चितवन। रोजगारीका लागि विदेश गएर फर्किएका कामदारमा यौन रोगको समस्या बढी देखिएको छ । भरतपुर अस्पताल र नारायणी अस्पताल वीरगञ्जको एआरटी सेन्टरले गरेको अध्ययनमा एक हजार ६३७ जनाको परीक्षण गर्दा १०२ जनामा यौन रोग पाइएको छ ।
अतिरिक्त विवरण अनुसार यौन रोग सङ्क्रमितमध्ये ३२ जना विदेशबाट फर्किएका कामदार, ६ जना यौन व्यवसायमा संलग्न, २२ जना उनीहरूको साथी, ११ जना तेस्रो लिङ्गी र ३१ जना अन्य रहेका छन्।
सेन्टर प्रमुख कृष्णहरि सापकोटाका अनुसार सबैभन्दा धेरै ८८ जनामा भिरिङ्गी सङ्क्रमण देखिएको छ । अन्य यौन रोगमा भेरिना, पाठेघर र ढुसीजन्य सङ्क्रमण पाइएको छ।
भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा प्रमोद पौडेलले असुरक्षित यौन सम्पर्कका कारण सङ्क्रमण बढेको भन्दै सुरक्षित यौन सम्पर्क अपनाउन र नियमित स्वास्थ्य परीक्षण गर्न सुझाव दिएका छन् ।































प्रतिक्रिया