काभ्रेमा आज १८ जना संक्रमित थपिए, २९ निको भए

काभ्रेमा आज १८ जना संक्रमित थपिए, २९ निको भए

केन्द्रबिन्दु
0
Shares

काभ्रे ।

काभ्रेमा आज १८ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लामा आज २९ जना निको भएका छन् । मंगलबार ५४ जना थपिएका थिए । सोमबार २७ जना थपिएका थिए । यस्तै आइतबार ५ जना थपिएका थिए ।

अब जिल्लामा आजसम्मको तथ्यांक अनुसार कोरोना संक्रमितको जम्मा संख्या २ हजार ११९ पुगेको छ । संक्रमित मध्ये १ हजार ५५३ जना निको भएका छन् । जिल्लामा ४० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मध्ये १३ जना भने अन्य जिल्लाका रहेका छन् । काभ्रेका मात्र २७ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।

नयाँ थपिएका मध्ये बनेपाबाट ७, धुलिखेलबाट ४, पनौतीका ५ र मण्डनदेउपुरका २ जना छन् ।

Logo