काभ्रे ।
काभ्रेमा आज ५४ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लामा आज ४५ जना निको भएका छन् भने एक जनाको मृत्यु भएको छ।सोमबार २७ जना थपिएका थिए । आइतबार ५ जना थपिएका थिए । शनिबार ६३ जना थपिएका थिए । यस्तै शुक्रबार ४६ जना थपिएका थिए ।
अब जिल्लामा आजसम्मको तथ्यांक अनुसार कोरोना संक्रमितको जम्मा संख्या २ हजार १०१ पुगेको छ । संक्रमित मध्ये १ हजार ५२४ जना निको भएका छन् । जिल्लामा ४० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मध्ये १३ जना भने अन्य जिल्लाका रहेका छन् । काभ्रेका मात्र २७ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।
नयाँ थपिएका मध्ये बनेपाबाट २१, धुलिखेलबाट २५, पनौतीका २, पाँचखालबाट ३, भुम्लुका १, महाभारतका १ र खानीखोलाका १ जना छन् ।






























प्रतिक्रिया