काठमाडौं उपत्यकामा आज १ हजार ४२० जना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज १ हजार ४२० जना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौं उपत्यकामा आज १ हजार ४२० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौंमा १ हजार १४१, भक्तपुरमा ८६ र ललितपुरमा १९३ संक्रमित थपिएका छन् ।

यससँगै काठमाडौंमा ७४ हजार ३४४ जना कोरोना संक्रमित छन् । भक्तपुरमा ६ हजार ६८४ जना कोरोना संक्रमित छन् । ललितपुरमा १० हजार ५४७ जना कोरोना संक्रमित छन् । अब उपत्यकामा कूल संक्रमितको संख्या ९१ हजार ५७५ पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार ७६० पुगेको छ । आज २ हजार ७३६ जना नयाँ संक्रमित थपिएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १४८ पुगेको छ । आज मात्र २२ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट देशभर निको हुनेको संख्या १ लाख ६० हजार ५७७ पुगेको छ । आज निको हुनेको संख्या ८५३ छ ।

आजको पिसिआर परीक्षण १२ हजार ९६० रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १५ लाख ६४ हजार २१४ रहेको छ । आज ३८ हजार ३५ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

Logo