काठमाडौँ। स्वास्थ्य बिमा बोर्डले उपचारका लागि आएका बीमितलाई अस्पताल बाहिर औषधि खरिद नगराउन सबै स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ। बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार, केही अस्पतालहरूले बीमितलाई उपचारका क्रममा प्याकेजभित्र समावेश औषधि बाहिर खरिद गर्न लगाउने गरेका छन्।
बोर्डले जारी गरेको परिपत्रमा भनिएको छ कि अस्पतालहरूले बीमितसँग बिमा सेवाभित्र समावेश औषधि वा औषधिजन्य सामग्री बाहिर खरिद गराउन नपाउने नियमावली २०७५ अनुसार उल्लंघन भएकामा नियम १८ को उपनियम (१) खण्ड (क) बमोजिम कारबाही गरिने छ।
स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत पाँचजना परिवारसम्मको वार्षिक रु ३,५०० योगदानमा रु १ लाखसम्मको स्वास्थ्य सेवा सुविधा उपलब्ध हुन्छ। प्रति सदस्य रु ७०० थप भुक्तानीबाट थप सेवा सुविधा पनि प्रदान हुने व्यवस्था छ।





























प्रतिक्रिया