चन्द्रपुर। चन्द्रपुर नगरक्षेत्रका बङ्गुरहरूमा स्वाइन फिभर फैलिँदै मर्न थालेको छ। चन्द्रपुर–५ राजपेडा गाउँका हरि गुरोका १४ वटा बङ्गुर एक साताभित्र मरेका छन्।
पशु चिकित्सक डा. सुलभ चौधरीका अनुसार, चन्द्रनिगाहपुर–४ मा शान्ति मगरको बङ्गुर पनि सोही रोगबाट मृत्यु भएको छ । रोग विशेष गरी संक्रमित बङ्गुर वा त्यसका सम्पर्कमा आएका पशुबाट फैलिन्छ ।
चन्द्रपुर नगरपालिकाले सबै वडामा खोप अभियान चलाउने योजना बनाएको भए पनि हाल खोप अभावका कारण केही समय लाग्ने डा. चौधरीले बताएका छन् बङ्गुर पालेका किसानले प्रति जनावर करिब छ हजार खर्च गरिरहेका छन्।































प्रतिक्रिया