निर्वाचनको मिति घोषणाका लागि आन्तरिक छलफलमा चिकित्सक संघ

निर्वाचनको मिति घोषणाका लागि आन्तरिक छलफलमा चिकित्सक संघ

केन्द्रबिन्दु
15
Shares

काठमाडौं। नेपाल चिकित्सक संघ ९एनएमए० को निर्वाचनका लागि निर्वाचन समितिले आन्तरिक छलफल सुरु गरेको छ ।
केन्द्रविन्दुसँगको कुराकानीमा अध्यक्ष पदकालागि उम्मेदवारी दिएका डा.सञ्जीव तिवारीले निर्वाचनको मिति चाँडै घोषणा गर्ने निर्वाचन समितिको तयारी रहेको जानकारी दिए ।

उनको अनुसार समितिले यही बुधबार सर्वपक्षीय बैठक बोलाएको छ । उक्त बैठकमा निर्वाचन मिति घोषणाबारे छलफल र निर्णय हुनेछ । उनले भने,‘निर्वाचन समित बसेर हिजो सर्वपक्षीय भेला बोलाएको छन् । अब आउने बुधबार सर्वपक्षीय भेला गरेर निर्वाचनको मिति कहिलेका लागि तय गर्ने भन्ने छलफल हुन्छ र उहाँहरुले हामीलाई एउटा खाका दिनुहुन्छ । त्यसअनुसार नै निर्णय गर्नुहन्छ होला ।’ त्यस्तै अध्यक्षकै अर्का उम्मेदवार डा.बद्री रिजालले पनि चुनावको लागि छलफल भइरहेको बताउँदै चाँडै मिति घोषणा गर्ने जानकारी दिए ।

‘चुनावको लागि छलफल भइरहेको छ । सायद अब २–४ दिनमा निर्णय हुन्छ । होला अनि चुनावको मिति पनि घोषणा हुन्छ’उनले भने । यसअघि पहिलो चरणमा माघ २ र ३ माघ उपत्यका बाहिर चुनाव तोकिएको थियो । यस्तै उपत्यकाभित्र १५, १६ र १७ माघमा हुने कार्यतालिका थियो ।

संघको निर्वाचन सम्बन्धमा पाटन उच्च अदालतबाट जारी भएको अन्तरिम आदेशलाई मध्यनजर गर्दै पूर्वनिर्धारित तालिकाअनुसार भइरहेको सम्पूर्ण निर्वाचन कार्यक्रम रोकिएको थियो। नेपाल चिकित्सक संघको केन्द्रीय निर्वाचनका साथै विभिन्न तहका नेतृत्व चयनका लागि प्रक्रिया अघि बढिरहेको अवस्थामा अदालतको आदेशपछि निर्वाचन अनिश्चित बनेको हो ।

Logo