धनगढी । कैलालीको लम्कीचुहा अस्पतालमा स्वामित्व र व्यवस्थापनलाई लिएर विवाद देखिएको छ। प्रदेश सरकारले अस्पतालका लागि नयाँ विकास समिति गठन गरेपछि नगरपालिकासँग टकरावको अवस्था बनेको हो।
अस्पताल अझै नगरपालिकाकै बजेटबाट सञ्चालन भइरहेका बेला प्रदेशले पदाधिकारी नियुक्त गरेपछि दुई तहबीच अधिकारको अन्योल देखिएको छ। नगरपालिकाको नेतृत्वमा रहेको पुरानो बोर्ड सक्रिय नै रहँदा प्रदेशले समानान्तर संरचना बनाएको भन्दै असन्तुष्टि जनाइएको छ।
प्रदेश सरकार भने कानुनी रूपमा अस्पताल आफूअन्तर्गत आइसकेको दाबी गर्दै आएको छ, तर व्यवहारमा हस्तान्तरण प्रक्रिया पूरा नभएको स्वीकार गरेको छ।
अहिले अस्पतालको सञ्चालन, कर्मचारी व्यवस्थापन र निर्णय प्रक्रियामा अन्योल बढ्दै गएको छ।































प्रतिक्रिया