२० हजार विद्यार्थीको निःशुल्क आँखा परीक्षण गर्न काठमाडौं महानगर र आँखा अस्पतालबीच सम्झौता

२० हजार विद्यार्थीको निःशुल्क आँखा परीक्षण गर्न काठमाडौं महानगर र आँखा अस्पतालबीच सम्झौता

केन्द्रबिन्दु
15
Shares

काठमाडौं। काठमाडौँ महानगरपालिका र नेपाल आँखा अस्पतालबीच काठमाडौँ उपत्यकाका २० हजार विद्यार्थीको आँखा परीक्षण गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

महानगर स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसी र अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईंले सम्झौतापत्रमा बिहीबार यहाँ आयोजित एक कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार महानगरले अस्पताललाई रु ३० लाख प्रदान गर्नेछ । विशेषज्ञ चिकित्सकबाट कम्तीमा ३० वटा विद्यालयका २० हजार विद्यार्थीको आँखा जाँच तथा आवश्यकताअनुसार औषधि र चस्मा पनि प्रदान गर्नुपर्नेछ ।

Skip This
Skip This
Logo