जलजला गाउँपालिकाको निःशुल्क एम्बुलेन्स सेवाबाट जेष्ठ नागरिकलाई पोखरा पु-र्याइयो

जलजला गाउँपालिकाको निःशुल्क एम्बुलेन्स सेवाबाट जेष्ठ नागरिकलाई पोखरा पु-र्याइयो

केन्द्रबिन्दु
0
Shares

पर्वत। पर्वतको जलजला गाउँपालिकाले लक्षित वर्गका लागि सञ्चालन गर्दै आएको निःशुल्क एम्बुलेन्स सेवामार्फत एक जेष्ठ नागरिकलाई समयमै उपचारका लागि अस्पताल पु-र्याइएको छ ।

गाउँपालिका वडा नं. ७ लस्ती निवासी ७७ वर्षीया सेती दमीनीलाई घरबाट मणिपाल अस्पताल, पोखरा सम्म सुरक्षित रूपमा एम्बुलेन्समार्फत लगिएको हो। स्वास्थ्य अवस्था कमजोर भएपछि तत्कालै आवश्यक समन्वय गरी एम्बुलेन्स सेवा उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यका अनुसार “संवेदनशील सेवा, सुरक्षित जीवन” भन्ने नारासहित सञ्चालन गरिएको यो सेवाले पलिका भित्रका विपन्न, जेष्ठ नागरिक तथा आवश्यकतामा परेका स्थानीयलाई सहज पहुँच दिलाउने लक्ष्य राखिएको छ । दुर्गम तथा पहाडी भेगका नागरिकलाई आपत्कालीन अवस्थामा स्वास्थ्य संस्थासम्म पु¥याउन यस्तो सेवा महत्वपूर्ण सावित हुँदै आएको आचार्यले बताएका छन् ।

यस कार्यमा संलग्न स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा एम्बुलेन्स चालकको समन्वयले सेवा प्रभावकारी बनेको गाउँपालिकाले जनाएको छ । स्थानीय तहबाट उपलब्ध गराइने यस्ता सेवाले आकस्मिक अवस्थामा नागरिकको जीवनरक्षा गर्न ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

गाउँपालिकाले लक्षित वर्गलाई निरन्तर यस्ता सेवा उपलब्ध गराउँदै जाने प्रतिबद्धता जनाएको छ । साथै, सेवा प्राप्त गर्ने नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना समेत पालिकाले गरेको छ ।

Skip This
Skip This
Logo