रसुवा अस्पतालमा शल्यक्रिया सेवा विस्तार

रसुवा अस्पतालमा शल्यक्रिया सेवा विस्तार

केन्द्रबिन्दु
0
Shares

रसुवा। धुन्चेस्थित रसुवा जिल्ला अस्पतालमा शल्यक्रिया सेवा सुरु भएपछि स्थानीयवासीलाई उपचारमा सहज भएको छ। आर्थिक वर्ष २०८१/८२ देखि चालु आवको पुस मसान्तसम्म अस्पतालमा बाहिरङ्ग सेवातर्फ ११ हजार ५९८ र अन्तरङ्ग सेवातर्फ ३ हजार ६६ बिरामीले सेवा लिएका छन्। सो अवधिमा ११५ वटा शल्यक्रिया गरिएको छ।

अस्पतालले १७ शय्याको संरचनामा १८५ प्रकारका औषधि सामाजिक सेवाअन्तर्गत वितरण गरिरहेको छ। ‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम’अन्तर्गत ३० वर्षभन्दा माथिका ६६ जनाले निःशुल्क उपचार सेवा प्राप्त गरेका छन्।

विसं २०२१ मा हेल्थपोस्टबाट सुरु भएको स्वास्थ्य सेवा २०४२ सालमा अस्पतालमा रूपान्तरण भएको थियो। विसं २०७२ को भूकम्पले पुराना संरचना क्षतिग्रस्त भएपछि करिब दुई वर्ष टेन्टमा सेवा सञ्चालन गर्नुपरेको थियो। त्यसपछि प्रिफेब्रिकेटेड संरचना निर्माण भई सेवा सुचारु गरिएको हो।

अस्पतालमा अहिले एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिल, घाउ–खटिरा लगायतका शल्यक्रिया नियमित रूपमा भइरहेको छ। साथै भिडियो एक्स–रे, दन्त सेवा र प्रयोगशाला सेवासमेत उपलब्ध छन्।

कार्यक्रममा सहभागीहरूले सेवा थप प्रभावकारी बनाउन र तत्काल नयाँ एम्बुलेन्स उपलब्ध गराउन माग गरेका छन्। अस्पतालले निक साइमन संस्थाको सहयोगमा विभिन्न चिकित्सकीय तथा प्राविधिक सहयोग लिँदै आएको छ।

Skip This
Skip This
Logo