कालीकोटमा पहिलो ‘पोषणमैत्री’ स्वास्थ्य संस्था घोषणा

कालीकोटमा पहिलो ‘पोषणमैत्री’ स्वास्थ्य संस्था घोषणा

केन्द्रबिन्दु
9
Shares

मान्म। कालीकोटमा पहिलो पटक एक स्वास्थ्य संस्था पोषणमैत्री घोषणा गरिएको छ । नरहरिनाथ गाउँपालिका–१ स्थित कोटबाडा स्वास्थ्य चौकीले आवश्यक मापदण्ड पूरा गरेपछि यो मान्यता पाएको हो ।

‘पोषण मैत्री स्वास्थ्य संस्था कार्यान्वयन निर्देशिका, २०७९’ अनुसार सबै सूचक पूरा गरेपछि उक्त स्वास्थ्य चौकीलाई पोषणमैत्री घोषणा गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसका लागि गर्भवती र सुत्केरीले नियमित स्वास्थ्य जाँच र पोषणसम्बन्धी परामर्श पाउनुपर्ने, बालबालिकाले छ महिनासम्म पूर्ण स्तनपान पाएको हुनुपर्ने जस्ता मापदण्ड पूरा गर्नुपर्छ ।

त्यस्तै, छ महिनापछि पोषिलो खाना, बालबालिकाको राम्रो पोषण अवस्था, सफा खानेपानी र खुला दिसामुक्त वातावरण पनि अनिवार्य शर्तका रूपमा रहेका छन् ।

स्थानीय उत्पादनको प्रयोग बढाउने र कुपोषण घटाउने प्रयास सफल भएपछि मात्रै यस्तो घोषणा गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

Logo