काठमाडौं ।
काठमाडौं उपत्यकामा आज १ हजार ४२८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौंमा १ हजार १३६, भक्तपुरमा ९१ र ललितपुरमा २०१ संक्रमित थपिएका छन् ।
यससँगै काठमाडौंमा ७३ हजार २०३ जना कोरोना संक्रमित छन् । भक्तपुरमा ६ हजार ५९८ जना कोरोना संक्रमित छन् । ललितपुरमा १० हजार ३५४ जना कोरोना संक्रमित छन् । अब उपत्यकामा कूल संक्रमितको संख्या ९० हजार १५५ पुगेको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ । आज २ हजार ५७१ जना नयाँ संक्रमित थपिएका छन् ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १२६ पुगेको छ । आज मात्र १८ जनाको मृत्यु भएको छ ।
कोरोनाबाट देशभर निको हुनेको संख्या १ लाख ५९ हजार ७२४ पुगेको छ । आज निको हुनेको संख्या १ हजार ७९८ छ ।
आजको पिसिआर परीक्षण ११ हजार १७७ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १५ लाख ५१ हजार २५४ रहेको छ । आज ३६ हजार १७४ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।





























प्रतिक्रिया