काठमाडौं । पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको स्वास्थ्य परीक्षण गर्ने तयारी प्रहरीले थालेको छ।
शनिबार बिहानै निवासबाट नियन्त्रणमा लिइएका दुवै नेता अहिले काठमाडौंको भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा राखिएका छन्। प्रहरीका अनुसार स्वास्थ्य परीक्षण कानुनी प्रक्रिया अनुसार अनिवार्य भएकाले सो काम अघि बढाइएको हो।
स्वास्थ्य रिपोर्ट सामान्य आएपछि उनीहरूलाई हिरासतमा राखिनेछ। आज सार्वजनिक बिदा परेकाले अदालतमा उपस्थित गराउने प्रक्रिया आइतबारतिर मात्र सम्भव हुने देखिएको छ।
यसबीच, दुवै नेताले आफ्ना कानुन व्यवसायीसँग छलफल जारी राखेका छन्। उनीहरूमाथि जेनजी आन्दोलनका क्रममा भएको मानवीय क्षतिसँग सम्बन्धित लापरवाहीको आरोपमा अनुसन्धान भइरहेको छ।
सरकारले जाँचबुझ आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेपछि यो प्रक्रिया सुरु भएको हो। अहिले मुद्दाको कानुनी यात्रा प्रारम्भिक चरणमै रहेको प्रहरीले जनाएको छ।





























प्रतिक्रिया