वीर अस्पतालमा निःशुल्क क्यान्सर स्क्रिनिङ सुरु

वीर अस्पतालमा निःशुल्क क्यान्सर स्क्रिनिङ सुरु

केन्द्रबिन्दु
24
Shares

काठमाडौं। महिलामा बढ्दो क्यान्सर जोखिमलाई ध्यानमा राख्दै वीर अस्पतालमा निःशुल्क स्तन, पाठेघर र सर्भाइकल क्यान्सर परीक्षण कार्यक्रम सुरु गरिएको छ ।

काठमाडौं महानगरपालिकाको सहकार्यमा सुरु गरिएको यो कार्यक्रममार्फत प्रारम्भिक चरणमै क्यान्सर पहिचान गर्ने लक्ष्य राखिएको छ ।

महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिलाहरूमा विशेष गरी सर्भाइकल र स्तन क्यान्सरको जोखिम उच्च भएकाले यस्तो परीक्षण आवश्यक भएको बताइन् । समयमै परीक्षण नगर्दा रोग जटिल अवस्थामा पुग्ने भएकाले ढिला नगर्न आग्रह गरिएको छ ।

कार्यक्रमअन्तर्गत महानगरका वडास्तरका स्वास्थ्य केन्द्रबाट नाम दर्ता गरी तोकिएको समयमा परीक्षण गर्न सकिने व्यवस्था गरिएको छ । ‘क्यू सिस्टम’ प्रयोग गरिएकाले सेवाग्राहीले लामो समय कुर्नु नपर्ने बताइएको छ ।

कार्यक्रमको पहिलो दिनमै १३६ जनाले परीक्षण गराएका छन् । आगामी वैशाख २० गतेसम्म सञ्चालन हुने यस अभियानले थप महिलालाई स्वास्थ्य जाँचतर्फ आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

Logo