मुस्ताङ,। मुस्ताङका पाँचवटै स्थानीय तहमा पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप अभियान सुरु गरिएको छ। अभियानअन्तर्गत १९४ जना किशोरीलाई लक्षित गरिएको छ।
पाँच स्थानीय तहका १६ सामुदायिक र दुई संस्थागत विद्यालयमा कक्षा ६ मा अध्ययनरत छात्रालाई खोप लगाउन सुरु गरिएको हो। साथै विद्यालय बाहिर रहेका १० वर्षमुनिका किशोरी र गत वर्ष खोप लगाउन छुटेकालाई पनि समेटिएको छ।
कक्षा ६ मा अध्ययनरत १६३, विद्यालय बाहिर रहेका तीन र गत वर्ष छुटेका २८ किशोरीलाई खोप लगाइने कार्यतालिका रहेको छ।
खोप अभियानअन्तर्गत घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा आजदेखि कार्यक्रम सञ्चालन भएको छ। वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा चैत २२ र २३, थासाङ गाउँपालिकामा चैत १९ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा चैत २८ गते खोप कार्यक्रम सञ्चालन गर्ने तालिका रहेको छ।





























प्रतिक्रिया