तनहुँमा निःशुल्क आँखा शिविर, १ हजार ५०० जनाको परीक्षण

तनहुँमा निःशुल्क आँखा शिविर, १ हजार ५०० जनाको परीक्षण

केन्द्रबिन्दु
15
Shares

दमौली । तनहुँको भानु नगरपालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा परीक्षण शिविरमा एक हजार ५०० जनाको आँखा जाँच गरिएको छ। नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा आयोजित शिविरमा मोतियाबिन्दु देखिएका ११० जनाको शल्यक्रिया पनि गरिएको छ।

आइतबारदेखि बुधबारसम्म विभिन्न वडामा सञ्चालन गरिएको शिविरमार्फत स्थानीयवासीलाई घर नजिकै स्वास्थ्य सेवा प्रदान गरिएको हो। आर्थिक अभावका कारण उपचारबाट वञ्चित नागरिकलाई यसले ठूलो राहत पुगेको बताइएको छ।

नेत्र विशेषज्ञ डा. मारिया गौतमको नेतृत्वमा चिकित्सक टोलीले शल्यक्रिया सेवा प्रदान गरेको थियो। भानु सामुदायिक स्वास्थ्य केन्द्रमा आवश्यक शल्यक्रिया गरिएको स्वास्थ्य शाखाले जनाएको छ।

भानु नगरपालिकाका अनुसार टाढा अस्पताल जानुपर्ने बाध्यता कम गर्दै स्थानीयस्तरमै विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले प्रत्येक वर्ष यस्ता शिविर सञ्चालन हुँदै आएका छन्। स्थानीयले निःशुल्क सेवाबाट सहजता र राहत प्राप्त भएको बताएका छन्।

Skip This
Skip This
Logo