काठमाडौँ । पूर्व युवराज पारस शाहको मुटुमा जडान गरिएको इम्प्लान्टेबल कार्डियोभर्टर डिफिब्रिलेटर (आईसीडी) को ब्याट्री परिवर्तन गरिएको छ। नर्भिक अस्पतालका चिकित्सक यादव भट्टका अनुसार बिहीबार बिहान ब्याट्री परिवर्तन गरिएको हो।
पारस शाह बिहान करिब ८ बजे अस्पताल पुगेका थिए। आवश्यक स्वास्थ्य परीक्षणपछि बिहान साढे ९ बजे आईसीडीको ब्याट्री सफलतापूर्वक परिवर्तन गरिएको चिकित्सकले बताएका छन्।
उनी हाल नर्भिक अस्पतालमै भर्ना भई उपचाररत छन्। चिकित्सकका अनुसार उनलाई केही दिन अस्पतालमै राखेर निगरानीमा राखिनेछ।































प्रतिक्रिया