झापा । नारी सञ्चार गृह र पूर्वाञ्चल क्यान्सर अस्पतालको सहकार्यमा झापाका पत्रकार महिलाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।
पाठेघरको मुखको क्यान्सर पहिचान गर्ने उद्देश्यले गरिएको कार्यक्रममा ३० जना पत्रकार महिलाले सेवा लिएका छन् । अस्पतालले एक सातासम्म निःशुल्क परीक्षण र मेमोग्राफीमा विशेष छुटको व्यवस्था गरेको जनाएको छ ।
अस्पतालका अनुसार स्तन क्यान्सरको जाँचमा ५० प्रतिशत छुट पनि उपलब्ध गराइएको छ । समयमै रोग पहिचान गर्न सके क्यान्सर नियन्त्रण गर्न सकिने स्वास्थ्यकर्मीहरूले बताएका छन् ।































प्रतिक्रिया