पिसाब लागेको लाग्यै हुन्छ ? यसरी गर्नुहोस् समाधान

पिसाब लागेको लाग्यै हुन्छ ? यसरी गर्नुहोस् समाधान

केन्द्रबिन्दु
0
Shares

के तपाईलाई छिटो छिटो पिसाब लाग्छ ? यो मृगौला रोगको लक्षण पनि हुन् सक्छ । छिटो छिटो पिसाब लाग्दा व्यक्तिगत मात्र होइन साथीभाइहरु माझ पनि अफ्ठेरो हुन्छ । यो समस्याको समाधान घरेलु तरिकाले पनि गर्न सकिन्छ । 

मेथी
मेथीको धूलोमा सुक्खा अदुवा र मह मिसाएर पानीसँग दिनमा दुईचोटि पिउनुभयो भने पनि लाभ हुन्छ ।

दही

दहीमा प्रोबायोटिक ब्याक्टेरिया हुन्छ जसले शरीरमा कीटाणु बढ्न दिँदैन । दिनदिनै दही खाने गर्नुभयो भने घरीघरी पिसाब आउँदैन ।

मह र तुलसी
एक चम्चा महका साथ तीनचारवटा तुलसीका पात मिसाएर खाली पेटमा खानुभयो भने समस्या समाधान हुन्छ ।

कुलथी
अलिकति कुलथीलाई सक्खरसँग बिहानबिहानै खानुभयो भने पनि मूत्र समस्याबाट मुक्त हुनुहुनेछ ।

अनार
अनारको बोक्रालाई पिँधेर त्यसमा पाँच ग्राम पानी मिसाएर पेस्ट बनाउनुस् । दिनदिनै त्यो खानुभयो भने घरीघरी पिसाब लाग्दैन ।

तिल
कैलो तिलको दानासँग सक्खर वा ज्वानो खानुभयो भने पनि पिसाबको समस्याबाट मुक्ति पाइन्छ ।

Logo