ढोरपाटनमा दादुरा नियन्त्रणमा

ढोरपाटनमा दादुरा नियन्त्रणमा

केन्द्रबिन्दु
18
Shares

ढोरपाटन। फागुन ८ देखि ढोरपाटन नगरपालिका–७, ८ र ९ मा फैलिएको दादुरा संक्रमण नियन्त्रणमा आएको छ।

स्वास्थ्यकर्मी, विश्व स्वास्थ्य संगठन र प्रदेश जनस्वास्थ्य कार्यालयको टोलीले प्रभावित क्षेत्रमा खोप अभियान सञ्चालन गरेको थियो। फागुन २९ देखि चैत २ गतेसम्म १० देखि १९ वर्ष उमेर समूहका बालबालिका तथा किशोरकिशोरीलाई खोप लगाइएको थियो।

स्वास्थ्य कार्यालयका अनुसार खोप अभियानअघि दैनिक १० देखि १५ जना शंकास्पद बिरामी अस्पताल पुग्ने गरेका थिए। पछिल्ला दिनमा बिरामीको संख्या घटेको छ। मङ्गलबार एक जना मात्र शंकास्पद बिरामी भर्ना भएको जनाइएको छ।

हालसम्म २३९ जना शंकास्पद बिरामी भेटिएका छन्। ३४ जनाको नमूना परीक्षणका लागि पठाइएकोमा १४ जनामा दादुरा पुष्टि भएको छ। हालसम्म ६ हजार १४० जनालाई खोप लगाइएको छ। अधिकांश बिरामी निको भइसकेका छन्।

Logo