काठमाडौं फेरि विश्वकै दोस्रो प्रदूषित सहर, स्वास्थ्य जोखिम उच्च

काठमाडौं फेरि विश्वकै दोस्रो प्रदूषित सहर, स्वास्थ्य जोखिम उच्च

केन्द्रबिन्दु
3
Shares

काठमाडौं। वायु प्रदूषण तीव्र रूपमा बढ्दै काठमाडौं विश्वकै दोस्रो प्रदूषित सहर बनेको छ। स्विजरल्यान्डस्थित आइक्यूएयरका अनुसार बिहीबार बिहान काठमाडौंको वायु गुणस्तर सूचकांक (AQI) २१३ पुगेको छ, जुन “अत्यन्त अस्वस्थकर” स्तर हो।

सूचीको पहिलो स्थानमा पाकिस्तानको लाहोर रहेको छ, जहाँ AQI ३८२ मापन गरिएको छ।

काठमाडौंसहित आसपासका क्षेत्रमा पनि वायु प्रदूषण उच्च देखिएको छ। प्रदूषित हावाका कारण श्वासप्रश्वाससम्बन्धी समस्या, आँखा पोल्ने, टाउको दुख्ने जस्ता स्वास्थ्य समस्या बढ्ने जोखिम रहेको विज्ञहरूले बताएका छन्।

विज्ञहरूले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन, मास्क प्रयोग गर्न तथा बालबालिका, वृद्ध र दीर्घरोगीले विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।

Logo