दिनहुँ नुहाउँदा यस्तो हानी पनि हुनसक्छ

दिनहुँ नुहाउँदा यस्तो हानी पनि हुनसक्छ

केन्द्रबिन्दु
0
Shares

नुहाउनु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । नुहाउँदा शरीर सफा हुन्छ । सरसफाईले गर्दा रोग लाग्दैन । हामी सातामा न्यूनतम एक पटक नुहाउँछौ । कति जना दुई दिन बिराएर पाि नुहाउँछन् । कतिपय चाहि दिनहुँ नुहाउँछन् । तराई क्षेत्रमा त दिनमै दुई पटक नुहाउने पनि हुन्छन् । यस्तो चाहि गर्मीको बेलामा मात्र हुन्छ ।
हामीले बुझ्दै र सुन्दै आएको कुरा हो, नुहाउनु स्वास्थ्यको लागि राम्रो हो । तर दिनदिनै नुहाउँदा शरीरलाई राम्रो गर्दैन । विशेषज्ञहरुको अनुसार दिनदिनै नुहाउनु भनेको छालाको सौन्दर्य नष्ट गर्नु हो ।

छालामा असर पुग्ने
विशेषज्ञहरुका अनुसार दिन दिनै नुहाउँदा छाला रुखो हुन्छ र यसको प्राकृतिक नरमपन नष्ट हुन्छ । किनभने हाम्रो छालालले एक प्रकारको राम्रो व्याक्टेरिया उत्पादन गरिरहेको हुन्छ । यो ब्याक्टेरियाको रसायनिक उत्पादनले निकाल्ने टक्सिनबाट छालालाई बचाउँछ । तर, हामी दिनदिनै नुहाउँदा त्यो ब्याक्टेरिया नष्ट हुन्छ । यसले गर्दा छालाको सुरक्षा कवच बिस्तारै कमजोर बन्दै जान्छ ।

जाडोमा तातो पानीले नुहाउनु हुन्छ ?
जाडो याममा नुहाउनका लागि तातो पानी प्रयोग गरिन्छ । यसले छालाको सौन्दर्यमा असर पुर्‍याउँछ । साथै छालाको प्राकृतिक तेललाई पनि नोक्सान गर्छ । यदि दिनहँु नुहाउने गरेको छ भने, ड्राइ सावुन एवं स्याम्पुको प्रयोग गर्नैपर्छ ।

दिनै नुहाउनु आवश्यक छैन
विशेषज्ञहरुका अनुसार हाम्रो छाला सफा गर्नका लागि शरीरमा यस्तो प्रभावकारी तत्व हुन्छ, त्यसले स्वत: छाला सफा गरिरहेको हुन्छ । त्यसैले निस्क्रिय वस्नेहरुले दिनहुँ नुहाउन आवश्यक छैन । यदि जिम गएर वा कुनै शारीरिक श्रम गरेर शरीरमा पसिना वगाउँने हो भने चाहि नुहाउनै पर्छ ।

जाडोमा तातो पानीले नुहाउँदा नङ टुक्रिने, चोइटिने हुन्छ । यसले पानी सोस्छ, फलस्वरुप प्राकृतिक तेल र चमक नष्ट हुन्छ ।

Skip This
Skip This
Logo