सावधान ! तपाईको बच्चामा यस्तो लक्षण त छैन ? हुनसक्छ जटिल समस्या

सावधान ! तपाईको बच्चामा यस्तो लक्षण त छैन ? हुनसक्छ जटिल समस्या

केन्द्रबिन्दु
0
Shares

तपाईको बच्चा तपाईसँग टाढा हुँदैछ ? खेल्न मन गर्दैन ? सानोतिनो कुरामा झर्कन्छ ? साथीभाईसँग घुलमिल हुँदैन ? राती निदाउन गाह्रो हुन्छ ?

यदि त्यस्तो लक्षण देखिए यसलाई नजरअन्दाज नगरौं । किनभने, अहिले धेरै बच्चाहरुमा यस्तो समस्या देखिएको छ । सामान्यत हामी बच्चाको मानसिक स्वास्थ्यप्रति ख्याल गर्दैनौ । उनीहरु दुख बिराम भए, नभएको मात्र हेरचाह गर्छौ । जबकी अहिले बच्चाहरु मानसिक समस्याले ग्रस्त बन्दै गएको छ ।

साना बच्चाहरु अहिले चिन्ताग्रस्त हुने गरेको र त्यसले उनीहरुलाई डिप्रेसनको अवस्थामा पु-याउने गरेको विभिन्न अध्ययनबाट खुलेको छ ।

किन खतरनाक ?

डिप्रेसन यस्तो मानसिक समस्या हो, जसले बच्चालाई सामान्य जीवनमा फर्कन दिदैन । उनीहरु विस्तारै समाजबाट विमुख हुँदै जान्छन् । पढाई, करियर, स्वास्थ्य, परिवार, खुसी, साथीभाई सबै कुरामा वितृष्ण पैदा हुन्छ । यहि कारण उनीहरु आत्माहत्या समेत गर्न उक्सन्छन् । त्यसैले बच्चाको मनोदसालाई अभिभावकले बुझ्नैपर्छ, ताकि भविष्यमा जटिल समस्या भोग्न नपरोस् ।

बाबुआमाको कारण

बच्चाहरु डिप्रेसनग्रस्त हुँदै जानुमा स्वंम बच्चाको केहि गल्ती छैन । खासमा उनीहरुको अभिभावक नै यसका खास दोषी हुन् । अहिले धेरै अभिभावकलाई आफ्नो बच्चाको लागि समय छैन । उनीहरु बच्चासँग खेल्ने, रमाउने, कुरा गर्ने गर्दैनन् ।

पैसको चक्करमा अभिभावकले छोराछोरीलाई पुरै वेवास्ता गरिररहेका छन् । यसरी आमाबुवाको सामिप्यता गुमाउँदै गएका बच्चाहरु विभिन्न कारणले चिन्ताग्रस्त हुन थालेका छन् । यसैले उनीहरुलाई डिप्रेसनको अवस्थामा पु-याउने गरेको छ ।

कसरी ख्याल गर्ने ?

१. बच्चाका लागि समय छुट्याउने । उनीहरुस“ग खेल्ने, कुरा गर्ने । बच्चाहरुको कुरा सुन्ने र त्यसमाथि छलफल गर्ने ।

२. सकेसम्म उनीहरुलाई एक्लो हुन नदिने । अभिभावक भएको महसुष गराउने ।

३. बच्चामाथि दबाव सिर्जना नगर्ने । उनीहरुलाई सुकिलो बनाउने निहु“मा कोठामै कोचेर नराखौं, बाहिर खेल्न, हि“डडुल गर्न छाडिदिनुपर्छ ।

४. सकेसम्म बच्चालाई समान उमेरका साथीहरुस“ग खेल्न दिने । उनीहरुको सर्कल बनाइदिने । साथीस“ग खेल्ने क्रममा उनीहरुले टिभी, मोवाइल, कम्प्युटरलाई भुल्न सकोस् ।

५. बच्चालाई पढाउने चक्करमा उनीहरुलाई किताब र होमवर्क भन्दा बाहिर जानै नदिने प्रवृत्ति अभिभावकले त्याग्नै पर्छ ।

६. बच्चालाई आफ्नो नियन्त्रणमा राख्ने प्रयास नगरौं । खाने, खेल्ने, पढ्ने कुरामा धेरै जबरजस्ती नगरौं ।

७. बच्चालाई दोस्रो बच्चास“ग तुलना गर्दै नगरौ । किनभने कुनैपनि बच्चा अर्को बच्चास“ग तुलना हुनै सक्दैन ।

Logo