यौनजीवन सुखी बनाउने हो ? त्यसो भए त्यागौं यी कुरा

यौनजीवन सुखी बनाउने हो ? त्यसो भए त्यागौं यी कुरा

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य संवाददाता । काठमाडौं, २७ मंसिर ।

दाम्पत्म जीवन सुमधुर हुनका लागि यौनसुख आवश्यक हुन्छ । यौनसुखका लागि मानसिक र शारीरिक दुवै तयारी आवश्यक हुन्छ । यौन शारीरिक कुरा हो तर यसमा मानसिक उपस्थिति पनि खोजिन्छ ।

त्यस्तै यौनक्रियामा खानपानको पनि असर हुन्छ । कतिपय खानेकुराले प्रजनन र सम्भोग सुखमा नकारात्मक असर पार्छन् ।

१. फास्ट फुडमा रहने अत्यधिक फ्याटले शरीरको टेस्टोस्टेरोन लेभललाई कम गरिदिन्छ । त्यसैले फास्ट फुडबाट टाढा रहेको राम्रो ।

२. सोडाको सेवनले स्वास्थ्यलाई हानि गर्छ । यसको नियमित सेवनले दाँतमा कीरा लाग्ने, मोटोपना, मधुमेह आदि हुने खतरा निकै बढेर जान्छ । यी सबै समस्याहरुले यौन जीवनलाई नकारात्मक प्रभाव पार्छन् ।

३. बढीजसो डेरीजन्य उत्पादन, जस्तै चकलेट, ड्रिंक्स आदि कृत्रिम दूधले बनेका हुन्छन् । यिनीहरुको अत्यधिक सेवनबाट प्रोगेस्टेरोन, इस्ट्रगेन, टेस्टोस्टेरोन आदि हार्मोनको सन्तुलन बिग्रिन्छ । यसका अलावा यिनीहरुमा रहने विषाक्त पदार्थले बिस्तारै बिस्तारै हाम्रो शरीरको यौन चाहनालाई कुण्ठित बनाउँदै लैजान्छ ।

४. अनुसन्धानका अनुसार कर्न फ्लेक्सको अत्यधिक सेवनले पनि यौनइच्छामा कमी आउँछ । त्यसैले यसको साटो कुनै हल्काफुल्का खानेकुरा खानुपर्छ ।

५. बारम्बार कफी पिउने हो भने यसले तपाईंको यौन जीवनलाई प्रभावित बनाउन सक्छ । यसको अत्यधिक सेवनले शरीरको स्ट्रेस हार्मोन असन्तुलित हुन जान्छ, जसको फलस्वरुप तपाईंलाई तनाव हुन थाल्छ । त्यसैले आफ्नो सेक्स लाइफलाई सुन्दर बनाउन चाहने हो भने कफीको सेवन कम गरौं ।

६. मदिरा सेवनले हाम्रो शरीरमा बन्ने प्राकृतिक ह्याप्पी हार्मोनमा कमी आउँछ र टेस्टोस्टेरोनको लेभल कम हुन्छ । यदि तपाईं मदिरा सेवनबाट रोमान्टिक भइन्छ भन्ने सोच्नुहुन्छ भने यो सोच ठीक होइन ।

(चिकित्सकसितको कुराकानीमा आधारित)

Logo