यस्तो अवस्थामा प्रयोग नगर्नुहोस् एलोभेरा 

यस्तो अवस्थामा प्रयोग नगर्नुहोस् एलोभेरा 

केन्द्रबिन्दु
0
Shares

 केन्द्रबिन्दु डेस्क । काठमाडौं, ६ भदौ ।

त्यसो त एलोभेरा औषधीय महत्वको वनस्पति हो । शरीरका कतिपय रोग हटाउन, रोग प्रतिरोधात्मक क्षमता बढाउन एलोभेराको प्रयोग गरिन्छ । आगोले पोलेको, आलो घाउ आदिमा एलोभेराको गुदी प्रयोग गरिन्छ । अहिले एलोभेराको जुस पिउने चलन पनि छ । अनुहारमा फेस माक्स बनाएर पनि लगाउन सकिन्छ किनभने सौन्दर्य प्रशाधनका रूपमा पनि एलोभेरा प्रयोग गरिन्छ । 

पेट सफा गर्न होस् वा अनुहार चम्किलो र मुलायम बनाउन, एलोभेरा उपयोगी मानिन्छ । 

यस वनस्पतिको खेती समेत गरिन्छ । घरको गमलामा रोप्न पनि सकिन्छ । यो विभिन्न प्रयोजनमा काम आउँछ । तर, यसको फाइदा मात्र छैन, जति हामीले सुन्ने गरेका छौ । एलोभेराका बेफाइदा पनि छन् ।

कुन–कुन अवस्थामा एलोभेरा हानिकारक हुन्छ त ? 

– कुनै औषधी सेवन गरिरहनुभएको छ भने चिकित्सकको सल्लाहबिना एलोभेरा सेवन गर्नु हुँदैन । किनभने एलोभेरामा लेक्सेटिभ नामक एक तत्व हुन्छ । यो तत्वले औषधीलाई शरीरमा अवशोषित हुनबाट रोक्छ । त्यसैले कुनै औषधी सेवन गरिरहनुभएको र एलोभेराको जुस पनि सेवन गरिरहनु भएको छ भने त्यस्तो अवस्थामा औषधी प्रभावहीन हुनसक्छ । 

– यदि एलोभेरा अधिक मात्रामा सेवन गरियो भने पखाला लाग्छ । किनभने यसमा एन्थ्राक्विनोन र लेक्सेटिभ जस्ता तत्व हुन्छन् । यही कारण एलोभेरा अधिक सेवनले पखला लाग्न सक्छ ।  

– यदि तपाई एलोभेरालाई गलत ढंगले प्रयोग गरिरहनुभएको छ भने त्यो हानिकारक हुनसक्छ । यसलाई गलत ढंगले सेवन गर्दा पोटासियमको स्तर कम हुन्छ । 

– जो महिला गर्भवती छन् उनीहरूले एलोभेरा सेवन गर्नु हुँदैन । किनभने यसको अधिक सेवनले गर्भपात हुनसक्छ । यसका साथै गर्भको बच्चालाई पनि असर गर्नसक्छ ।

– १२ वर्षभन्दा कम उमेरका बच्चालाई एलोभेरा दिनुहुँदैन । 

(एजेन्सीको सहयोगमा)

Logo