राजा–महाराजाका शक्तिवर्धक जडीबुटी

राजा–महाराजाका शक्तिवर्धक जडीबुटी

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु संवाददाता । १ साउन, काठमाडौं ।

नेपाल लगायत भारतका धेरैजसो राजा–महाराजहरूले धेरै श्रीमती राख्ने रहेको इतिहास पाइन्छ । उनीहरू आफ्ना सबै श्रीमती रानीहरूलाई आर्थिक रूपमा सुख त दिन सक्थे नै, शारीरिक रूपमा समेत उत्तिकै सुख दिन सक्ने क्षमता पनि राख्थे ।
नेपालका राजा–महाराजादेखि राणाहरूले आफ्ना धेरै श्रीमतीहरूलाई शारीरिक रूपमा कसरी सुख दिन सक्थे भन्ने विषयमा खासै शोध हुन सकेको छैन । तर भारतका राजा–महाराजहरूले आफ्ना रानीहरूलाई कसरी शारीरिक सुख दिन्थे भन्ने विषयमा धेरै शोधहरू भएका छन् ।

उक्त शोधमा उनीहरूले आफ्नो यौन शक्ति बढाउन आयुर्वेदिक औषधिहरूकै सेवन गर्ने गरेको पाइन्छ । जसमा सुन, चा“दी र मोतीको प्रयोग समेत हुन्थ्यो भने धेरैले बहुमूल्य धातुको प्रयोग नगरेर पनि आफ्नो यौन क्षमतालाई बढाइरहेका थिए ।
राजा–महाराजाका आयुर्वेद राजवैद्यहरूले चरक संहितामा उल्लेख भएका यौन शक्तिवर्धक औषधिहरूको सेवन गराउने गरेको पाइएको छ । यी औषधिहरू तपाईं हामीले आफैंले घरमै तयार समेत गर्न सकिने किसिमका छन् ।

सेतो मुसली : यसको प्रयोग लिङ्ग कम उत्तेजित हुने, शुक्राणुको संख्या कम हुने, वीर्य कम आउने र शरीरमा शक्ति बढाउन प्रयोगमा आउने गर्छ । मुसलीको एक चिया चम्चा धुलोलाई मिश्री वा दूधमा मिसाएर बिहान र बेलुका सेवन गर्दा यी समस्याहरू कम हुँदै जान्छन् ।

अश्वगन्धा : यसको प्रयोग कमजोरी, थकान, शुक्रकीटको संख्या कम हुने र भित्री तागत कम हुनेहरूले प्रयोग गर्दा लाभदायी हुन्छ । सुत्नु्भन्दा अगाडि मनतातो दूधमा एक चम्चा अश्वगन्धाको धुलो मिसाएर पिउनाले यी समस्याहरू हट्दै जान्छन् ।

कुरिलोको जरा : यसको प्रयोग शुक्रकीटको कमी, उत्तेजना नहुने, थकाइ लाग्ने, शरीर कमजोर हुने र पिसाबको समस्या भएका व्यक्तिहरूलाई लाभदायक मानिन्छ । कुरिलोको जरालाई सुकाएर बनाएको धुलोमा मिश्री वा गाईको घिउका साथमा आधा चम्चा धुलो मुखमा राखेर दूध पिउँदा यी समस्याहरू हटेर जान्छन् ।

शिलाजीत : शरीर कमजोर भएको, शरीरमा शक्ति नआएको, रोग प्रतिरोधी क्षमता कम भएको, बढ्दो उमेर अनुसार लिङ्ग उत्तेजित नभएका व्यक्तिहरूलाई शिलाजीत उत्तम औषधि मानिन्छ । शिलाजीतको धुलो वा भष्मलाई गाईको घिउ वा महसँग सेवन गर्दा यी समस्याहरू हट्दै जान्छन् ।

केसर : लिङ्ग उत्तेजित कम हुने, सन्तान उत्पादन गर्न नसक्ने, शरीरमा कमजोरी र थकान हुनेहरूलाई केसर भरपर्दो आयुर्वेद औषधी मानिन्छ । मन तातो दूधमा एम चिम्टी केसर हालेर सुत्नुभन्दा अगाडि पिउनाले यी समस्याहरू हट्दै जान्छन् ।

अमला : पिसाबको समस्या, थकाइ लाग्ने, शरीर कमजोर हुने, लिङ्ग उत्तेजित नहुने, शुक्रकीटको संख्यामा कमी हुनेहरूका लागि अमला गुणकारी औषधी मानिन्छ । एक चम्चा अमलाको धुलोमा त्यत्ति नै मात्रामा मिश्रीको धुलोसँग सेवन गरेर पछि दूध पिउँदा थप लाभदायक हुन्छ ।

इमलीको बियाँ : शरीरमा थकान हुने, शक्ति नआउने, शुक्रकीटको संख्यामा कमी आउने, लिङ्ग उत्तेजित नहुने जस्ता समस्या भएकाले इमलीको बियाँलाई भुटेर धुलो बनाउने । दुई चम्चा इमलीको धुलो एक चम्चा मिश्रीको साथमा दूधसँग सेवन गर्दा फाइदा हुन्छ ।

 

Logo