स्वास्थ्य मन्त्रालयको कोरोना ब्रिफिङ अब हप्तामा दुई दिन मात्र

स्वास्थ्य मन्त्रालयको कोरोना ब्रिफिङ अब हप्तामा दुई दिन मात्र

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोनासम्बन्धि ब्रिफिङ अब हप्तामा दुई दिन मात्र हुने भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अब हप्तामा दुई दिन आइतबार र बुधबार साविककै समयमा ब्रिफ्रिङ आउने  बताए।

यसअघि प्रेस बिफ्रिङ हप्ताको सातै दिन ‘लाइभ’ हुँदै आएको थियो । प्रेस ब्रिफ्रिङ सातामा दुई दिन मात्रै आएपनि सामाजिक सञ्जालमा कोरोनाबारे नियमित अपडेट गरिने डा. गौतमले जानकारी दिए।

डा.गौतमका अनुसार अन्य दिन अपरान्ह ४:३० बजे डाटा अपडेट गरिनेछ। सूचना मन्त्रालयको वेबसाइट, भाइबर ग्रुप र सामाजिक सञ्जाल र  हाम्रो स्वास्थ्य मोबाइल एप्लिकेसनमा दिइने मन्त्रालयले जनाएको छ।

Skip This
Logo