काभ्रेमा आज २५ जना नयाँ संक्रमित थपिए, ५२ जना निको भए

काभ्रेमा आज २५ जना नयाँ संक्रमित थपिए, ५२ जना निको भए


काभ्रे ।

काभ्रेमा आज २५ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै अब जिल्लामा कोरोना संक्रमितको जम्मा संख्या १ हजार ३७१ पुगेको छ ।

जिल्लामा गत शुक्रबार एकैदिन ३७ जना कोरोना संक्रमित थपिएका थिए । शनिबार यो संख्या ५ जनामा सिमीत रहेको थियो । आइतबार पुनः बढेर ३३ जना संक्रमित थपिएका थिए। सोमबार ४१ जना नयाँ थपिएका थिए भने मंगलबार ३१ जना थपिए । यस्तै बुधबार पनि ३१ जना थपिएका थिए । यसरी हेर्दा जिल्लामा कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढेको पाइन्छ ।

संक्रमित मध्ये ८८७ जना निको भएका छन् । आज ५२ जना निको भएका हुन् । जिल्लामा २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मध्ये ८ जना भने अन्य जिल्लाका रहेका छन् । काभ्रेका मात्र १४ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।

उनका अनुसार थपिएका नयाँ संक्रमित मध्ये पनौतीका २१ जना र नमोबुद्धका ४ जना रहेका छन् ।

Logo