धरान ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार साँझ थप एक सङ्क्रमितको मृत्यु भएको छ । धरान उपमहानगरपालिका वडा नं १६ का ९० वर्षीय पुरुषको प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा मृत्यु भएको हो ।
प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार उनलाई गत असोज ३० गते कोरोना पोजेटिभ भएको थियो । उच्च रक्तचाप र मधुमेहका बिरामीसमेत रहेका उनलाई कात्तिक १ गते अस्पताल भर्ना गरिएको थियो ।
यसअघि बिहान इटहरीका एक सङ्क्रमित पुरुषको उपचारकै क्रममा मृत्यु भएको थियो । यससँगै प्रतिष्ठानमा कोरोना सङ्क्रमणले मृत्यु हुनेको सङ्ख्या ६७ पुगेको छ ।





























प्रतिक्रिया