काठमाडौं उपत्यकामा आज १४५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा आज १४५ जनामा कोरोना संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौं उपत्यकामा आज १४५ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा १ लाख १ हजार १५३, भक्तपुरमा ९ हजार २०४ र ललितपुरका १५ हजार ९८७ संक्रमित पुष्टि भएसँगै कूल संक्रमितको संख्या १ लाख २६ हजार ३४७ जना पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ३७५ जना पुगेको छ । आज २८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार २८६ रहेको छ ।

पछिल्लो २४ घण्टामा २४६ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६५ हजार ६९ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ हजार २० पुगेको छ।

नेपालमा हालसम्म २० लाख ५७ हजार ६९ जनाको पीसीआर परीक्षण गरिएको छ । आज ४ हजार ३८२ जनाको परीक्षण गरिएको छ।

Logo