रुपन्देहीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४६ पुग्यो, आज एक सङ्क्रमितको मृत्यु

रुपन्देहीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४६ पुग्यो, आज एक सङ्क्रमितको मृत्यु

केन्द्रबिन्दु
0
Shares

बुटवल ।

बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक जना पुरुषको आज बिहान मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गत विशेष अस्पतालमा तिलोत्तमा नगरपालिका–२ का ६७ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका फोकल पर्सन डा सुदर्शन थापाले जानकारी दिए।

कोरोना सङ्क्रमण भएर असोज २१ देखि अस्पतालमा भर्ना भएका उनको २५ गतेदेखि अस्पतालको सघन उपचार कक्षमा राखेर भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो । उपचारका क्रममा उनको बिहान मृत्यु भएको डा थापाले बताए।

उक्त अस्पतालमा तीन जनाको भेन्टिलेटरको सहायतामा उपचार भइरहेको डा थापाले जानकारी दिए। योसँगै आजसम्ममा कोरोना सङ्क्रमणबाट रुपन्देहीमा मृत्यु हुनेको सङ्ख्या ४६ पुगेको छ ।रासस

Logo