नेपालगञ्ज ।
नेपालगञ्जमा बुधबार एक कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ । यहाँको भेरी अस्पतालमा उपचारका क्रममा दाङको घोराही उपमहानगरपालिका-१५ की ३५ वर्षीया महिलाको बुधबार दिउसो मृत्यु भएको स्रोतव्यक्ति नरेश श्रेष्ठले जानकारी दिए।
उनका अनुसार, महिलाको दुबैतिरको फोक्सोमा कडा निमोनिया भएको थियो । असोज १८ गते नेपालगञ्ज मेडिकल कलेजमा कोरोना पुष्टि भएपछि त्यसै दिन उनलाई भेरी अस्पतालको कोरोना सेन्टरमा भर्ना गरिएको थियो ।
योसँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएकामध्ये १० जना कारोना सङ्क्रमितको मृत्यु भएको छ । यसैबीच, बाँकेमा ३६ जना कोरोना सङ्क्रमित निको भइ घर फर्किएका छन् । निको हुनेमा ११ महिला र २५ पुरुष छन् । योसँगै बाँकेमा कोरोना सङ्क्रमण निको हुनेको सङ्ख्या एक हजार ७०९ पुगेको श्रेष्ठले जानकारी दिए।































प्रतिक्रिया