कोरोना तेस्रो लहरको तयारीः काठमाडौंमा र प्रदेशमा गरी २१ अस्पताल छुट्याइयो

कोरोना तेस्रो लहरको तयारीः काठमाडौंमा र प्रदेशमा गरी २१ अस्पताल छुट्याइयो

केन्द्रबिन्दु
0
Shares

वीर अस्पतालका निर्देशक प्राडा भूपेन्द्र बस्नेतले तेस्रो लहरको कोरोनाबाट बच्नका लागि सरकारले काठमाडौं उपत्यकामा १४ वटा र हरेक प्रदेशमा १\१ गरी २१ वटा अस्पताल छुट्याएको बताएका छन् ।

पछिल्लो केही दिन यता कोरोना भाइरसका बिरामीहरु बढ्दै गएकोले अस्पतालमा बेडहरु भरिन थालेको उनको भनाइ छ । 

कोरोनाको तेस्रो लहरको तयारीको छलफलका लागि मंगलवार सिंहदरवारमा बसेको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिको बैठकमा निर्देशक बस्नेतले अस्पतालहरुमा कोरोना संक्रमितहरु बढिरहेकोले बेडहरु भरिन थालेको बताएका हुन् । 

कोरोनाको तेस्रो लहरबाट बच्नका लागि वीर अस्पतालले ४५ वटा कोभिड डेडिकेट आइसीयू सञ्चालन गरिरहेको र अन्य २० वटा आइसीयूहरु १\२ दिनमै चलाउने उनले जानकारी दिए । 

निर्देशक बस्नेतले कोरोना संक्रमितको संख्या बढ्दै गइरहेकोले आवश्यक्ता हेरी निजी अस्पतालहरुसँग समन्वय गर्दै काम अघि बढाउने धारणा राखे ।

 

Logo