काठमाडौं ।
कोरोनाबाट देशभर निको हुनेको संख्या ६२ हजार ७४० पुगेको छ । आज निको हुनेको संख्या २ हजार ४४ छ ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२८ पुगेको छ । आज मात्र ८ जनाको मृत्यु भएको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ । आज २ हजार १२० जना थपिएका छन् ।
आजको पिसिआर परिक्षण १२ हजार ९७८ रहेको छ । आज २१ हजार ३०२ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।
काठमाडौं उपत्यकामा आज १ हजार १७७ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा १ हजार १, भक्तपुरमा ६७ र ललितपुरमा १०९ जना थपिएका हुन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार यससँगै काठमाडौंमा २२ हजार ६७४, ललितपुरमा २ हजार ७९६ र भक्तपुरमा २ हजार ४४८ संक्रमित पुगे । अब काठमाडौं उपत्यकामा कूल संक्रमितको संख्या २७ हजार ९१८ पुगेको छ ।





























प्रतिक्रिया