काठमाडौं उपत्यकामा आज ८१७ जना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज ८१७ जना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौं उपत्यकामा आज ८१७ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा ६४९ , भक्तपुरमा ३६ र ललितपुरमा १३२ जना थपिएका हुन् । शनिबार ७२४ जना थपिएका थिए । आइतबार ८०९ जना थपिएका थिए ।

स्वास्थ्य मन्त्रालयका अनुसार अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा संक्रमितको संख्या १८ हजार १३३, भक्तपुरमा १ हजार ९५८ र ललितपुरमा २ हजार २३३ पुगेको छ । यो सँगै उपत्यकामा अब संक्रमितको संख्या २२ हजार ३३४ पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८१ पुगेको छ । आज मात्र ४ जनाको मृत्यु भएको छ । शनिबार ८ जनाको मृत्यु भएको थियो । आइतबार १० जनाको मृत्यु भएको थियो ।

नेपालमा कोरोना संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ । आज १ हजार ३५१ जना थपिएका छन् । आइतबार १ हजार ५७३ जना थपिएका थिए।

कोरोनाबाट देशभर निको हुनेको संख्या ५४ हजार ६४० पुगेको छ । आज निको हुनेको संख्या ७४२ छ । आइतबार ८८५ जना निको भएका थिए ।

आजको पिसिआर परिक्षण १० हजार ८० रहेको छ । आज १९ हजार ६२४ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

Logo