९११ जना कोरोना संक्रमणमुक्त हुँदा ८०५ जना संक्रमित

९११ जना कोरोना संक्रमणमुक्त हुँदा ८०५ जना संक्रमित


पछिल्लो २४ घण्टामा ९११ जना कोरोना संक्रमणमुक्त भएका छन् । 

त्यस्तै, ८०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हाल सक्रिय संक्रमितको संख्या  १५ हजार ९४२ रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ७,२६४ नमुनाको पीसीआर टेष्ट गर्दा ६६७ जना र ३,४०८ जनाको एन्टीजेन टेष्ट गर्दा १३८ जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २०० पुगेको जनाएको छ । 

Logo