1
1
1
1
1
0
Shares

यार्सागुम्बामा पत्ता लाग्यो क्यान्सरको औषधी बनाउने तत्त्व

1
1
1
1
1
1
1
1

नेपालको हिमाली क्षेत्रमा पाइने यार्सागुम्बामा पाइने अणुबाट क्यान्सर जस्तो प्राणघातक रोगको औषधीजन्य तत्त्व फेला परेको छ । यार्सागुम्बामा निकट भविष्यमा क्यान्सरका रोगीहरूको लागि उपचारको विकल्प बन्न सक्ने देखिएको छ ।

ब्रिटेनमा रहेको बायोफार्मास्युटिकल कम्पनी न्युक्यानासँगको साझेदारीमा अक्सफोर्ड विश्वविद्यालयका शोधकर्ताहरूले यसको सम्भाव्यता पत्ता लगाएका हुन् । यो उपचार अझै प्रयोगात्मक परीक्षण चरणमा रहेको छ । तर नयाँ परीक्षणको परिणाम अनुसार यार्सागुम्बा क्यान्सरका लागि राम्रो औषधि बन्न सक्ने पाइएको हो ।

खोजकर्ताहरूले यसको विषयमा थप अनुसन्धान गरिरहेका छन् । यसलाई सफल रूपमा विकसित गर्न सके क्यान्सर जस्तो प्राणघातक रोगबाट पनि सहजै बाँच्न सक्ने उनीहरूको विश्वास रहेको छ । 

यार्सागुम्बा एक बहुमूल्य जडिबुडी हो । नेपालका हिमाली जिल्लाहरूमा यार्सागुम्बाको खोजीमा ठुलो मात्रामा मानिसहरू जाने गरेका छन् ।

स्वास्थ्य

प्रकाशित: ३० असोज २०७८ १२:३६ शनिबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी