थप दुई कोरोना सङ्क्रमितको मृत्यु

थप दुई कोरोना सङ्क्रमितको मृत्यु

केन्द्रबिन्दु
0
Shares

बुटवल ।

कोरोना सङ्क्रमणका कारण रुपन्देही र पाल्पामा शनिबार बिहान र शुक्रबार राति गरि २ जनाको मृत्यु भएको छ । रुपन्देहीको कोरोना बिशेष अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित पुरुष र पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा उपचाररत महिलाको आज बिहान मृत्युभएको हो ।

बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारका लागि भर्ना भएका बुटबल उपमहानगरपालिका–१० का ६९ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा विष्णु गौतमले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

मृतक सङ्क्रमितलाई गत भदौ २२ गते कोरोना विशेष अस्पताल बुटवलमा भर्ना गरिएको थियो । ती पुरुषमा ज्वरो, श्वासप्रस्वासमा समस्याका साथै निमोनिया रहेकाले आइसीयूमा राखेर उपचार भइरहेको थियो । यससँगै रुपन्देहीमा कोरोनाका कारण मृत्युहुनेको संख्या २१ पुगेको छ ।

यस्तै पाल्पास्थित तानसेन नगरपालिका–१४ कुसेनीकी ४१ वर्षीया महिलाको लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा गएराति मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए। तीन दिन अघि अस्पतालमा उपचारका लागि आएको र शंकास्पद लक्षण देखिएपछि कलेजले पीसीआर परीक्षणका लागि महिलाको स्वाब पठाएकामा शुक्रबार बेलुकी प्राप्त नतिजा पोजेटिभ आएको थियो ।

तीन दिन अघि अस्पताल आएकी महिलालाई आइसोलेशनमा राखेर स्वाब परिक्षणका लागि पठाइएकामा आफन्तले आइसोलेशनबाट गत भदौ ३१ गते घर फर्काएका थिए । महिलालाई रोगले च्याप्दै लगेपछि शुक्रबार पुनः अस्पताल ल्याइएकामा उपचारकाक्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय प्रमुख पन्थीले बताए। स्वास्थ्य कार्यालयका अनुसार कोरोना भाइरस सङ्क्रमणबाट पाल्पामा अहिलेसम्म चार जनाको मृत्यु भएको छ ।रासस

Logo